• ११ श्रावण २०८३, सोमबार
  • Monday,27 July,2026

डलरदेखि दिनारसम्मः आजको विदेशी मुद्रा विनिमयदर यस्तो

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंक ले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ११ पैसा कायम भएको छ ।

त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०७ पैसा तथा बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ८७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९४ रुपैयाँ २३ पैसा कायम हुँदा अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २१ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ ६५ पैसा पुगेको छ । क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ४५ पैसा र बिक्रीदर ११० रुपैयाँ ८९ पैसा रहेको छ ।

सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ९० पैसा र बिक्रीदर ११९ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा कायम हुँदा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १३ पैसा र बिक्रीदर २२ रुपैयाँ २२ पैसा तोकिएको छ ।

यस्तै, साउदी रियाल एकको खरिददर ४० रुपैयाँ १३ पैसा र बिक्रीदर ४० रुपैयाँ २९ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ २९ पैसा तथा बिक्रीदर ४१ रुपैयाँ ४६ पैसा कायम भएको छ ।

थाइ भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ । युएई दिराम एकको खरिददर ४० रुपैयाँ ९८ पैसा र बिक्रीदर ४१ रुपैयाँ १४ पैसा तोकिँदा मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६५ पैसा पुगेको छ ।

दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ ३७ पैसा र बिक्रीदर १० रुपैयाँ ४२ पैसा कायम गरिएको छ । स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६ रुपैयाँ ४२ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६९ पैसा र बिक्रीदर २३ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २२ पैसा र बिक्रीदर १९ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ५० पैसा कायम हुँदा बहराइन दिनार एकको खरिददर ३९८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४०० रुपैयाँ ५० पैसा पुगेको छ । ओमानी रियाल एकको खरिददर ३९० रुपैयाँ ९० पैसा र बिक्रीदर ३९२ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

प्रतिकृया दिनुहोस