• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

प्रलोभन देखाएर ग्राहक र संस्थाबाट रकम असुली गर्दै हिमालयन लाइफ इन्स्योरेन्स

सनराइज खबर संवाददाता

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले प्रलोभन देखाएर ग्राहक र संस्थाबाट रकम असुली गर्ने गरेको पाइएको छ।

सनराइज खबरलाई नाम गोप्य राख्ने शर्तमा एक व्यक्तिले दिएको जानकारी अनुसार, कम्पनीले क्षमता नपुगेका व्यक्तिलाई अभिकर्ताको लाइसेन्स दिई झुक्याउने बीमा योजनाहरू बिक्री गराएको पाइएको हो।

स्रोतका अनुसार, प्रशिक्षणबिनै लाइसेन्स वितरण गरिएको छ, जसको माध्यमबाट सर्वसाधारणलाई भ्रममा पारेर बीमा योजनाहरूमा लगानी गराइएको छ।

त्यतिमात्र नभई, सो इन्स्योरेन्सले विभिन्न संस्थालाई पनि आर्थिक तथा अन्य लोभ देखाई अनियमित ढंगले रकम असुली गरेको पाइएको हो।

प्रतिकृया दिनुहोस