• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

विभिन्न परियोजना कार्यान्वयनका लागि नेपाललाई एडीबीले १ खर्ब ५ अर्ब ६१ करोड सहयोग गर्ने

खबर स‌ंवाददाता

काठमाडाैं । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई १ खर्ब ५ अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएकाे छ ।

दोस्रो चरणको काठमाडौंं उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुद‍ृढीकरण परियोजना र समावेशी विकास कार्यक्रम कार्यान्वयन गर्न एडीबीले साे सहयाेग गर्ने भएकाे हाे ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव डा. रामप्रसाद घिमिरे र एडीबीका देशीय निर्देशक आर्नो कोश्वाले साे ऋण एवं अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सहायता रकममध्ये ६ अर्ब ५२ करोड अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो ।

प्रतिकृया दिनुहोस