सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठक : ७ सदस्यीय कार्यदल गठन गर्ने निर्णय
काठमाडौं । सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन कार्यदल गठन गर्ने निर्णय भएको छ ।
मंगलबार बसेकाे सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन ७ सदस्यीय कार्यदल गठन गर्ने निर्णय हाे ।
राष्ट्रिय समन्वय समितिका संयोजक कार्यदलकाे संयाेजक रहनेछन् । कार्यदलकाे सदस्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव, महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता, नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर, अर्थ मन्त्रालयका सहसचिव, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक र वित्तीय जानकारी एकाइका प्रमुख रहनेछन् । नेपाल राष्ट्रबैंकका निर्देशक कार्यदलका सदस्यसचिव रहनेछन् ।


प्रतिकृया दिनुहोस