शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा, यस वर्ष ३ लाख ६९ हजार नाफा
रामेछाप । रामेछापको शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष केशरबहादुर श्रेष्ठको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका सचिव छविलाल श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष शरण श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो ।
२०६२ असोज ८ गते ८० जना शिक्षकहरूले सुरु गरेको सो सहकारीमा हाल ५ सय ४३ जना सदस्य रहेका सचिव श्रेष्ठले जानकारी दिनुभयो । सहकारीका पालिका स्तरमा सम्पर्क समिति समेत बनाइएको उहाँले बताउनुभयो । सहकारीले शेयर सदस्यहरूको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
.jpg)
कोषाध्यक्ष शरण श्रेष्ठले संस्थाको शेयर रकम १२ लाख २० हजार, बचत १ करोड २९ लाख ३ हजार र ऋण लगानी १ करोड ७३ लाख ३७ हजार रुपैँया रहेको जानकारी दिनुभयो ।
त्यस्तै सहकारीको जगेडा कोषमा २९ लाख २० हजार रुपैँया रहको उहाँले बताउनुभयो । सो सहकारीको कूल पुँजी १ करोड ९५ लाख ३५ हजार रुपैँया पुगेको छ ।
यस वर्ष संस्थाले ४ लाख १० हजार ७ सय २० रुपैँया सञ्चालन मुनाफा कमाएको छ । जसको १० प्रतिशत आयकर तिर्दा ३ लाख ६९ हजार रुपैँया नाफा कमाउन सफल भएको उहाँले बताउनुभयो ।
साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि जगन्नाथ दाहालले सहकारी मार्फत सदस्यको हितमा धेरै काम गर्न सकिने बताउनुभयो । त्यसका लागि सही कार्यक्रम र योजना हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।
.jpg)
कार्यक्रममा शिक्षक महासंघ रामेछापका अध्यक्ष शंकर ढुङ्गेल, सो सहकारीका निवर्तमान अध्यक्ष पवनराज पौडेल, दिनेश थापा, लिखु तामाकोशी गाउँपालिका–२ का वडाध्यक्ष एवं पूर्वप्रधानाध्यापक सन्तोष पौडेल लगायतले साधारण सभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहकारीका विभिन्न क्षेत्रमा काम गर्ने सदस्यलाई सम्मान गरिएकाे थियाे ।


प्रतिकृया दिनुहोस