• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठद्वारा शपथ

खबर स‌ंवाददाता

काठमाडाैं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएकाे छ ।

मंगलबार अर्थ मन्त्रालयमा आयाेजित एक समाराेहबीच उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले श्रेष्ठलाई शपथ गराउनुभएकाे हाे । शपथपछि मन्त्री पाैडेलले अध्यक्ष श्रेष्ठलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभएकाे थियाे ।

मंसिर १० गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बाेर्डकाे अध्यक्षमा मनाेनीत गर्ने निर्णय गरेको थियाे ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ मा अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयबाट गठित सिफारिस समितिले ३ जनाको नाम छनौट गरेर अन्तिम निर्णयका लागि मन्त्रिपरिषदमा पठाउनुपर्ने व्यवस्था छ । साेही अनुसार अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले अन्तर्वार्ताबाट छनौट भएका ५ उम्मेदवारमध्ये श्रेष्ठसहित मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गरेको थियाे । जसमा सरकारले श्रेष्ठलाई अध्यक्षमा मनाेनीत गरेकाे हाे ।

प्रतिकृया दिनुहोस