• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

अर्थमन्त्री पाैडेल र आईएफसीका उपाध्यक्ष पुलिटीबीच भेटवार्ता

खबर स‌ंवाददाता

काठमाडाैं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पाैडेल र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटीबीच भेटवार्ता भएकाे छ ।

विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री पाैडेल र आईएफसीका उपाध्यक्ष पुलिटीबीच बुधबार भेटवार्ता भएकाे अमेरिकास्थित नेपाली राजदूतावासले जनाएकाे छ ।

भेटमा आईएफसीका उपाध्यक्ष पुलिटीले नेपालमा आईएफसीकाे लगानी र पाइपलाइन परियाेजनाहरुकाे बारेमा जिज्ञासा राख्नुभएकाे थियाे ।

उपप्रधानमन्त्री पौडेलले नेपालको निजी क्षेत्रलाई बलियो बनाउन आईएफसीको भूमिकाको प्रशंसा गर्नुभएकाे दूतावासले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस