• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

विश्व बैंकले नेपालमा रोजगारी सृजनामा सघाउने, पुनर्निर्माणका लागि १५ करोड डलर दिने

खबर स‌ंवाददाता

वासिङ्टन । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले र विश्व बैंकका दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएकाे छ ।

विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिकाकाे वासिङ्टन डिसीमा  रहनुभएका अर्थमन्त्री पाैडेल र रेजरबीच बुधबार भेटवार्ता भएकाे हाे ।

भेटमा अर्थमन्त्री पौडेलले उपाध्यक्ष रेजरसँग ​नेपालमा रोजगारी सृजना गर्ने विषयमा कुराकानी गर्नुभएकाे अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ। नेपालमा व्यावसायिक वातावरणको सुधार, मुख्य पूर्वाधार आयोजनाहरूको कार्यान्वयन तथा विप्रेषण आप्रवाहका माध्यमबाट पनि रोजगारी सृजना गर्ने बारेमा पनि उहाँहरुबीच छलफल भएकाे थियाे ।

छलफलपछि विश्व बैंकले नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र नेपालका लागि विश्व बैंकका प्रतिनिधि डेविड सिसलेनले हस्ताक्षर गर्नुभएकाे हाे राजदूतावासले जनाएकाे छ । सम्झौताअनुसार विश्व बैंकले १५ करोड डलर उपलब्ध गराउनेछ ।

प्रतिकृया दिनुहोस