• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

नेपालको अर्थतन्त्र सुधार हुँदै गएको छ : आइएमएफ उपनिर्देशक

खबर स‌ंवाददाता

काठमाडाैं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एसिया प्रशान्त क्षेत्रकी उपनिर्देशक रुपा दत्त गुप्ताले नेपालकाे अर्थतन्त्र सुधार हुँदै गएकाे बताउनुभएकाे छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आइतबार अर्थ मन्त्रालयमा भएकाे भेटमा उपनिर्देशक गुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताउनुभएकाे हाे ।

पालमा लगानी सहजीकरण सम्बन्धी कानुनहरू परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्र सम्बन्धी विभिन्न सुझावहरु कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको उहाँकाे भनाइ थियाे ।

अर्थमन्त्री पाैडेल र आईएमएफका उपनिर्देशक गुप्ताबीच नेपालकाे अर्थतन्त्र लगायत विषय छलफल भएकाे थियाे ।

प्रतिकृया दिनुहोस