दर्शन बचत तथा ऋण सहकारीद्धारा बचतकर्ताकाे पाँच अर्ब घोटला, बचतकर्ता प्रधानमन्त्रीकोमा जाने
काठमाडौं । किर्तिपुर वडा नंवर ९ स्थित दर्शन बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको पाँच अर्ब रुपैयाँ घोटला गरेको छ ।
सहकारीका पदाधिकारी, सञ्चालक तथा सीइओको मिलेमत्तोमा उक्त ठूलो रकमको घोटला भएको कुरा बाहिर आएको छ ।
बचतकर्ताको रुपैयाँ सञ्चालक, पदाधिकारी तथा सीइओको आफ्ना आफन्तलाई मिलेमतोमा दिएको कुरा समेत बाहिर आएको छ ।
विना धितो संचालक समितिका सदस्य शान्ता कुमारी राईले उहाँको छोरा गाएक धिरज राईलाई दुई करोड पचास लाख रुपैयाँ दिलाएको समेत कुरा बाहिर आएको छ ।
विभिन्न पीडितहरुले आफ्नो बचत भएको रुपैयाँ खोज्न जादा विभिन्न वाहान बनाएर टार्ने गरेको र नपाएपछि संका वढ्दै गएपछि पछि मात्र थाहा पाएको पीडितहरुको भनाई छ ।
अहिले उक्त सहकारीबाट पीडित भएको व्यक्तिहरुले आफ्नो बचत तथा निक्षेप फिर्ताको लागि कानुनी प्रकृयामा लागि पटक पटक सक्वन्धित प्रदेश मन्त्रालयको सहकारी महाशाखामा समन्वय गर्दा समेत कतै बाट न्याय नपाएको पीडितहरुको भनाई छ ।
निक्षेप कर्ताले बचत गरेकै पैसाको अभावमा कतिले ज्यान गुमाईसकेको र कोही विमारी भएर बसेको समेत पाइएको छ ।
पीडितहरुले कतैबाट न्याय नपापछि उक्त सहकारीका अध्यक्ष दिनेश दर्शन धारीको घरमा गएर समेत पीडितले आत्मा हत्याको प्रयास गरेका थिए । तर प्रयास गर्दा प्रहरीले तत्कालै उद्धार गरेको थियो । उक्त घटना ०८१ असार १८ गते विहान ७ः३० को हो ।
कसै गर्दा समेत पार नलागेपछि दर्शन सहकारीका पीडितहरुले अहिले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बझाउने तरखरमा छन् ।
उनीहरुले सञ्चालक, पदाधिकारी तथा सीइओलाई यथाशिघ्र पक्राउ गरी कानुनी दायरामा पीडितहरुको निक्षेप तथा बचत रकम सुरक्षित फिर्ता गराउने पहल प्रधानमन्त्रीलाई गरिदिन अहिले ज्ञापन पत्र बुझाउन थालेका छन् ।
यासो गर्दा समेत न्याय नपाए आत्मादाह गर्ने समेत उनीहरुले बताएका छन् ।







प्रतिकृया दिनुहोस