• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष केबी उप्रेती पक्राउ 

सनराइज खबर संवाददाता

काठमाडौं । राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेको छ । 

उप्रेतीलाई प्रहरीले महाराजगञ्ज प्रहरीले बुधबार काठमाडौंको बालाजुबाट पक्राउ गरेको हो । उप्रेती आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका सञ्चालक  समेत हुनुहुन्छ । उक्त सहकारीलाई गत महिना समस्याग्रस्त घोषणा गरिएको थियो ।

एमालेको केन्द्रीय सहकारी विभाग सचिवसमेत रहेका उप्रेतीलाई पार्टीले केही महिनाअघि सो जिम्मेवारीबाट हटाएको थियो । 

समस्याग्रस्त सहकारीको छानबिन गर्न बनेको संसदीय समितिलाई दिइएको २० वटा समस्याग्रस्त सहकारीको सूचीमा सो सहकारी पनि समावेश थियो । उक्त सहकारीले करिब २ अर्ब निक्षेप भुक्तानी गर्न नसकेपछि समस्याग्रस्त भएको हो

 

प्रतिकृया दिनुहोस