• ११ श्रावण २०८३, सोमबार
  • Monday,27 July,2026

व्यापार घटेपछि नाडाका पदाधिकारीले भेटे अर्थ मन्त्री

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारी कर्जामा कडाइ गरेपछि सवारी साधनकाे बिक्रीमा असर परेकाे छ । राष्ट्र बैंकले गत पुस ८ मा सवारी कर्जा नीति संशाेधन गर्दै यसमा कडाइ गरेकाे थियाे ।

याे विषयमा ध्यानाकर्षण गराउन अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का पदाधिकारीले बुधबार अर्थ मन्त्री डा. युवराज खतिवडालाई भेटेका छन् । 

भेटमा उनीहरुले सरकारी नीतिका कारण अटोमोबाइल्स बजार सुस्त हुँदै गएको बताएका थिए ।

राष्ट्र बैंककाे संशाेधनमा आय बराबरको कर चुक्त्ता गरेको प्रमाणपत्र पेस गरेपछि मात्र सवारी कर्जा प्रवाह हुने प्रावधान छ । त्यस्तै, सवारी किन्‍नका लागि आम्दानीको ५० प्रतिशत मात्र कर्जा पाउने व्यवस्था छ । यी प्रावधानले व्यवसायमा असर परेकाे नाडाका पदाधिकारीले अर्थ मन्त्रीलाई बताए । 

यस्तै नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बैंक कर्जा, डाउन पेमेन्ट र भन्सार दरका कारण व्यवसाय घट्दै गएको बारेमा अर्थमन्त्रीको ध्यानकर्षण गराएका थिए । 

व्यापारीको भेटपछि अर्थमन्त्री खतिवडाले छिट्टै समस्या समाधान गर्ने आश्वासन दिएका छन् । अध्यक्ष दुलालका अनुसार अर्थमन्त्री खतिवडाले बैंकको कर्जामा सुधार तथा भन्सार दरमा केही कम गर्ने बताएका छन् । 

 

प्रतिकृया दिनुहोस