लगानी बोर्डद्वारा पाँच वटा परियोजनाका लागि एक खर्ब बराबरको लगानी स्वीकृत
काठमाडाैं । लगानी बोर्डले विभिन्न ५ वटा परियोजनाका लागि एक खर्ब बराबरको लगानी स्वीकृत गरेको छ ।
बिहीबार बसेको लगानी बोर्डको ५७ औं बैठकले सुपरतमोर जलविद्युत आयोजना लगायत परियोजनाका लागि एक खर्ब बराबरको लगानी स्वीकृत गरेकाे हो ।
सुपरतमोर जलविद्युत आयोजना, अपर मोरङ ए जलविद्युत आयोजना, कोहलपुर बाडगंगामा रहेको सौर्य उर्जा परियोजना, हवासिङ नारायणी सिमेन्ट र तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत आयोजना गरी ५ वटा परियोजनाका लागि करिब १ खर्ब बरारको लगानी स्वीकृत भएकाे बोर्डका सहसचिव प्रद्युम्न प्रसाद उपाध्यायले जानकारी दिनुभयाे ।
सौर्य ऊर्जा परियोजनाका लागि लगानी सम्मेलनका क्रममा सम्झौता गर्न वार्ता समिति गठन गर्ने, अरुण तेस्राे परियोजनाको प्रवेशमार्ग ठाउँको मुआब्जा विवाद अध्ययन समितिको म्याद एक महिना थप गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
सहसचिव उपाध्यायले सौर्य ऊर्जा परियोजना बडगंगा र कोहलपुरमा सर्वेक्षण अनुमतिपत्र दिने निर्णय भएको बताउनुभयो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको खाका र परियोजना विकास तथा लगानीको ढाँचा अध्ययन गर्नका लागि समितिको म्याद थप गर्ने निर्णय बैठकले गरेकाे उहाँले बताउनुभयाे ।
सहसचिव उपाध्यका अनुसार बैठकले काठमाडौं उपत्यकाको एकीकृत फोहर व्यवस्थापनका लागि तयार भएको प्राेजेक्टलाई कार्यान्वयन गर्न सरोकारवाला निकालयसँग छलफल गर्ने निर्णय गरेको छ ।


प्रतिकृया दिनुहोस