• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

अर्थ मन्त्रालयले बनायाे बजेट लेखन मस्यौदा समिति, काे-काे छन् ?

खबर स‌ंवाददाता

काठमाडाैं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि बजेट मस्यौदा लेखन समिति गठन गरेको छ ।

बजेट वक्तव्य तथा त्यससँग सम्बन्धित विधेयक निर्माणका लागि अर्थमन्त्री वर्षमान पुनले शुक्रबार ६ सदस्यीय बजेट लेखन समिति गठन गर्नुभएकाे हाे ।

बजेट वक्तव्य लेखनका लागि सहसचिव धनीराम शर्माको संयोजकत्वमा समिति गठन भएकाे अर्थमन्त्रीकाे सचिवालयले जनाएकाे छ । समितिमा अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पार्वती शर्मा सदस्य हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस