सत्ता समिकरण परिवर्तनकाे हरियाली टिकेन शेयर बजारमा, एकैदिनमा ७० अंकले घट्याे
काठमाडौं । सोमबार सर्किट ब्रेक सेयर बजार नेप्सेमा आज ७० अंकको गिरावट आएको छ ।
सोमबार एक सय १७ अंकले बढेर सर्किट ब्रेक लागेको नेप्से एकदिन पनि नटिकि मंगलबार ७०.३१ अंकले घटेर २००७.६९ बिन्दुमा कायम भएको हो ।
यसदिन बजारमा एक करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर चार अर्ब ११ करोड ३६ लाख ७६ हजार रूपैयाँमा खरिद बिक्री भए ।
आज बोटलर्स नेपाल बालाजु लिमिटेड नेगेटिभ सर्किटसँगै सर्वाधिक घाटामा रहेको छ ।
कारोबारका आधारमा सोनपुर मिनरल्स एण्ड आयल लिमिटेड ४१ करोड ९१ लाख रूपैयाँको कारोबारका साथ शीर्ष स्थानको सूचीमा देखियो ।


प्रतिकृया दिनुहोस