• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट 

समाचार

काठमाडौं । सेयर बजार परिसुचक नेप्सेमा बिहीबार उच्च अंकको गिरावट आएको छ । 

आज नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२.०९ विन्दुमा कायम भएको हो । 

आज नेप्से परिसूचक दोहोरो अंकले घटेपनि कारोबार रकम बुधबारको तुलनामा बढेको छ । आज तीन सय नौ कम्पनीको ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर दुई अर्ब ५९ करोड ८७ लाख ३७ हजार २२८ रुपैयाँमा किनबेच भए । 

आज सेन्सेटिभ इण्डेक्स १.३४ प्रतिशतले घटेको छ । 

दोहोरो अंकले घटेको बजारमा जोशी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले भने गुमाए । सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो । 

आज १३ वटै उपसमूहका सूचक नकारात्मक देखिएका छन् । फाइनान्स उपसमूहको सूचक सर्वाधिक ३.२१ प्रतिशतले घट्यो । 

आज कारोबार भएका कम्पनीमध्ये १७ वटाको मूल्य बढ्दा दुई सय २० वटाको सेयर घटेको छ । ११ वटा कम्पनीको सेयरमा कुनै परिवर्तन भएन् । 
 

प्रतिकृया दिनुहोस