• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

जनतालाई आशावादी बनाउनेगरी बजेट बनाउनुपर्छ : प्रधानमन्त्री

सनराइज खबर संवाददाता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारकाे नीति तथा कार्यक्रम र बजेटले जनताको विश्वास जित्नुपर्ने बताउनुभएकाे छ ।

बिहीबार सिंहदरबारमा भएकाे आगामी वर्षको राष्ट्रिय स्रोत अनुमानसम्बन्धी छलफलमा बाेल्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई आशावादी बनाउनेगरी नीति तथा कार्यक्रम र बजेट निर्माण गर्नुपर्ने बताउनुभयाे ।

उहाँले लामाे संघर्ष र बलिदापछि प्राप्त परिवर्तनमाथि भइरहेकाे प्रहारलाई काउन्टर गर्नेगरी बजेट ल्याउनुपर्ने बताउनुभयाे । 'हाम्राे नीति तथा कार्यक्रम र बजेटले जनतालाई यति आशावादी बनाउनैपर्नेछ कि, सरकार जनताकाे हितकाे निम्ति निक्कै मेहनत गरेकाे छ भन्ने सावित गर्नुपर्नेछ, सन्देश पनि दिनुपर्नेछ'- प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे ।

राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने उहाँले बताउनुभयाे । बजेट विशुद्ध अर्थशास्त्र मात्र नभएर राजनीतिक अर्थशास्त्र भएकाे प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । विगत वर्षमा योजना आयोग र मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच हुने गरेका असमझदारी र अन्याैलतालाई अन्त्य गर्ने गरी अगाडि बढ्नुपर्ने बताउनुभयाे ।

राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने उहाँले बताउनुभयाे । बजेट पपुलर हुनेगरी र जनतालाई प्रत्यक्ष अनुभूत हुनेगरी नीति तथा कार्यक्रम र बजेट बनाउनुपर्ने प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।

विगतमा ताेकिएका तर सफल नभएका कार्यक्रम हटाउनुपर्ने, मन्त्रीहरुले मन्त्रालयगत प्राथमिकता ताेक्नुपर्ने उहाँले बताउनुभयाे ।

प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८१-०८१ को राष्ट्रिय स्रोत अनुमान (मन्त्रालयगत सिलिङ निर्धारण) का निम्ति राष्ट्रिय योजना आयोग, नेपाल सरकारका मन्त्रालयहरू, नेपाल राष्ट्रबैंक लगायत निकायसँग उच्चस्तरीय छलफल गर्नुभएकाे हाे ।

प्रतिकृया दिनुहोस