• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

नेपाल पर्यटन केन्द्रीय सहकारी संघको वार्षिक साधारण सभा सम्पन्न 

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल पर्यटन केन्द्रीय सहकारी संघको दसौँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । 

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको सभा हलमा  सभा भएको हो । संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षता तथा सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । 

कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य प्रेम महर्जन, ज्ञानबहादुर लामा, प्रा.डा. लोकराज भट्टराई  लगायतका सहभागिता रहेको थियो । 

सभाले अध्यक्षको वार्षिक प्रतिवेदन र विनियम संशोधन साथै अन्य  प्रस्ताव पास गरेको छ । त्यस्तै कोषाध्यक्ष रणबहादुर खड्काको  आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक तेजबहादुर बोहोराको लेखा प्रतिवेदन लगायतका प्रतिवेदनहरू तथा प्रस्ताव माथि छलफल गरी स्वीकृत गरेको छ  । 

संघमा १७ जिल्लाका ५७ वटा संस्था सदस्य रहेका छन् । सो सहकारीले हालसम्म बचत र ऋण कारोबार गरेको छैन । संघले पर्यटन प्रवर्धनका लागि विभिन्न तालिम, अन्तरक्रिया लगायतका कार्यक्रम सञ्चालन गर्नुको साथै सरोकारवाला निकायलाई सुझाव दिँदै आएको छ । 

 

प्रतिकृया दिनुहोस