• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सहकारी संस्थाको कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला  

सनराइज खबर संवाददाता

रामेछाप। एक्सेस वाग्मती क्लस्टरका बचत तथा ऋण सहकारी संस्थाहरूको ३५ औँ कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला आइतबार मन्थलीमा सम्पन्न भएको छ । 

नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनमा भएको कार्यशालामा विभिन्न जिल्लाका १० वटा बचत तथा ऋण सहकारी संस्थाको सहभागिता रहेको थियो । 

संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षता जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यशालामा सहकारीका समस्या तथा समाधानको उपायको बोरमा छलफल भएको थियो । 

प्रतिकृया दिनुहोस