पर्यटन व्यावसायिक सहकारीको ३३ लाख मुनाफा
रामेछाप । खाँडादेवी गाउँपालिका ६ माकादुम रामेछापमा रहेको पर्यटन व्यावसायिक सहकारी संस्था लिमटेड को १३ औँ वार्षिक साधारण सभा खाँडादेवीमा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष नरबहादुर बुढाथोकीको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा सचिव गोपाल नेपालीले संगाठिनक प्रतिवेदन र कोषाध्यक्ष कमल महतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कोषाध्यक्ष महतको प्रस्तुत गरेको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा संस्थाले संस्थाले ८ करोड ६५ लाख ८२ हजार भन्दा बढी ऋण लगानी गरी कुल ३२ लाख ९२ हजार रुपैँया नाफा कमाएको छ । संस्थाको जगेडा कोषमा ३६ लाख ९१ हजार रुपैँया रहेको छ ।
पर्यटन व्यावसायिक सहकारीले बचत तथा ऋण लगानीका साथै ढुवानी सेवा, होम स्टे, खाद्यान्न उद्योग र खाद्यान्न सहकारी पसल लगायत सञ्चालन गरेको छ ।
सो सहकारीमा ४ हजार २ सय भन्दा बढी शेयर सदस्य छन् ।
कार्यक्रममा नेपाल पर्यटन केन्द्रीय सहकारी संघका लेखा सुपरिवेक्षण समितिका संयोजक तेजबहादुर बोहरा, संस्थाको पुर्वअध्यक्ष तथा वाग्मती प्रदेश सहकारी संघको शिक्षा तथा तालीम समिति सदस्य तथा सहकारी प्रशिक्षक रमेश केसी,स्थानीय जनप्रतिनिधि, सहकारीका सदस्य लगायतको सहभागिता रहेको थियाे ।



प्रतिकृया दिनुहोस