एसियाली विकास बैंकसँग १३ अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋण सम्झौता
काठमाडाैं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच १३ अर्ब ३३ करोड (अमेरिकी डलर १० करोड) रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ ।
सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एडीबीबीच शुक्रबार सहुलियतपूर्ण ऋण सम्झौता भएकाे हाे । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकको नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयाे ।
नेपालले बजेटरी सहायताका लागि यो सहुलियतपूर्ण ऋण लिएको हो । सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रमको पहिलो चरण कार्यान्वयन भइसकेको छ । यो ऋण रकम दोस्रो चरणअन्तर्गतका कार्यक्रम कार्यान्वयनका लागि लिइएको अर्थ मन्त्रालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस