नवजागरण बचत तथा ऋण सहकारी रामेछापको सबैभन्दा बढी कसर तिर्ने वित्तीय संस्था
रामेछाप । रामेछापको मन्थली स्थिति नवजागरण बचत तथा ऋण सहकारी संस्था जिल्लामा सबैभन्दा बढी कर तिर्ने वित्तीय संस्था बनेको छ ।
बाह्रौँ राष्ट्रिय कर दिवस २०८० को अवसर रामेछाप जिल्लाका बैँक तथा वित्तीय संस्था तर्फ आर्थिक वर्ष २०७८÷०७९ मा सबै भन्दा बढी आयकर दाखिला गर्ने संस्थाको रूपमा सो संस्थालाई सम्मानित गरिएको छ । करदाता सेवा कार्यालय मन्थलीले एक कार्यक्रम आयोजना गरी सो संस्थालाई सम्मानित गरेको हो ।
रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले संस्थाका अध्यक्ष श्याम थापालाई कदर प्रदान गर्नुभएको छ । कार्यक्रममा सहकारीका पदाधिकारीहरू लगायतका सहभागिता थियो ।
कूल सम्पत्ति ६८ करोड ३१ लाख २९ हजार रुपैँया रहेको सो सहकारीमा ९ हजार ५ सय २२ शेयर सदस्य रहेका छन् । साे सहकारीको शेयर पुँजी ४ करोड ७६ लाख ५० हजार रुपैँया रहेको छ ।
सो संस्थाको कूल बचत निक्षेप ५१ करोड ९८ लाख ७२ हजार रुपैँया, ऋण लगानी ३९ करोड २२ लाख ६२ हजार रुपैँया र संस्थागत पुँजी ६ करोड ५५ लाख २१ हजार रुपैँया रहेको छ ।
सो संस्थाको जगेडा कोषमा ६ करोड ४० लाख ७९ हजार, अन्य कोषमा १ करोड ४३ लाख ५१ हजार रुपैँया रहेको छ । संस्थाको वित्तीय लगानी २२ करोड ४ लाख ४८ हजार रुपैँया रहेको संस्थाका व्यवस्थापन रमेश उदासले जानकारी दिनुभयो ।


प्रतिकृया दिनुहोस