• १२ श्रावण २०८३, मंगलबार
  • Tuesday,28 July,2026

गुर्जुधारामा शनिबार बाइक रेसिङ प्रतियोगिता

सनराइज खबर संवाददाता

काठमाडौं । शनिबार ‘रोड रेसिङ च्याम्पियनसिप २०१९’ आयोजना हुने भएको छ । 

काठमाडौंको गुर्जुधारामा रहेको भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा बाइक रेसिङ प्रतियोगिता ‘टीभीएस रेसिङ’ हुने भएको हो । 

टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स मुख्य प्रायोजक रहेको सो प्रतियोगितामा मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको हो । 

रेसिङ प्रतियोगितामा नोभिस, ओपन र नेसनल गरी तीन क्याटागोरीमा राइडरहरु सहभागी हुने छन् । यसका लागि १ सय ५० देखि २ सय सीसी सम्मका बाइक प्रयोग गरिने छ । 

सो प्रतियोगितामा एक सय भन्दा बढी बाइक राइडरहरुको सहभागिता हुने जनाइएको छ । 

च्याम्पियनसिपका लागि पेट्रोनस लुब्रिकेन्ट, गल्फ लुब्रिकेन्ट, क्यास्ट्रोल लुब्रिकेन्ट र एभरेष्ट लुब्रिकेन्टले पनि प्रायोजन गरेका छन् । लुब्रिकेन्ट कम्पनीहरुका अफिसियल राइडरहरु पनि प्रतियोगितामा सहभागी हुने मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारले बताए । 

प्रतिकृया दिनुहोस