• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

साना किसान कृषि सहकारी संस्था लिमिटेड गुन्सीमा नयाँ नेतृत्व 

सनराइज खबर संवाददाता

साना किसान कृषि सहकारी संस्था लिमिटेड गुन्सीमा नयाँ नेतृत्व 

रामेछाप । रामेछापको सुनापति गाउँपालिका–१ गुन्सीको साना किसान कृषि सहकारी संस्था लिमिटेडको प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ । 

संस्थाका निवर्तमान अध्यक्ष कमला शर्मा क्षेत्रीको अध्यक्षता तथा केन्द्रीय सहकारी महासंघ र केन्द्रीय सहकारी बैंकका सल्लाहकार कमलप्रसाद चौलागाईंको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । 

कार्यक्रममा सुनापति गाउँपालिका–१ का वडाध्यक्ष ध्रुव चौलागाईं लगायतका जनप्रतिनिधि तथा सहकारीका सदस्यहरूको सहभागिता रहेको थियो । साधारण सभाले केशरमान तामाङको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन  गरेको छ ।  संस्थाको उपाध्यक्षमा टेकबहादुर घिसिङ, सचिवमा देवराज तिमल्सिना र कोषाध्यक्ष प्रविणा तितुङ् चुनिनु भएको सहकारीका व्यवस्थापक अमृत भुजेलले जानकारी दिनुभयो । 

त्यस्तै  लेखा समिति संयोजकमा केदारप्रसाद गौतम, ऋण उपसमिति संयोजकमा मीनप्रसाद र सल्लाहकार समितिमा कमल चौलागाईं,वडाध्यक्ष ध्रुव चौलागाईं, सोम सापकोटा, सन्तोषी क्षेत्री र टीका मगर रहनुभएको छ । 

नयाँ स्थापना भएको सो सहकारीमा ३ सय ६६ जना सदस्य छन् । सहकारीले ११ लाख ६६ हजार रुपैँया बराबरको आर्थिक कारोबार गरेको छ । 

 

प्रतिकृया दिनुहोस