• १३ श्रावण २०८३, बुधबार
  • Wednesday,29 July,2026

बर्गर हाउसलाई पब्लिक कम्पनी बनाउने तयारी गरेका छाैं : वसन्त लामा

खबर स‌ंवाददाता

काठमाडाैं । द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका संस्थापक वसन्त लामाले हाउसलाई अब पब्लिक कम्पनी बनाइने घाेषणा गर्नुभएकाे छ ।

बुधबार काठमाडाैंकाे चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसमा आयाेजना गरेकाे बर्गर बिजनेस कन्फ्रेन्समा बाेल्दै लामाले भन्नुभयाे - 'द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनलाई हामी प्राइभेटबाट पब्लिक कम्पनी बनाउने तयारीमा छाैं ।'

द बर्गर हाउसकाे अहिलेसम्म देशभर १ सय ४८ वटा शाखा छन् । ती शाखाबाट हजाराैंले राेजगारी पाइरहेका लामाले जानकारी दिनुभयाे । बर्गर हाउससँग जाेडिएका व्यवसायी नै हाउसका सम्पत्ति भएका समेत उहाँले बताउनुभयाे ।

कतिपय ब्राञ्च कम्पनीकाे नीति नियम नमान्दा घाटामा गएकाे र कतिपयले थाेरै काराेबार गरेर पनि फाइदामा गएकाे उहाँले बताउनुभयाे । लामाले हाउसका सम्पूर्ण ब्राञ्चलाई नीति नियमअनुसार चल्न निर्देशन पनि दिनुभयाे ।

प्रतिकृया दिनुहोस