• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

बिमा प्राधिकरणको दोहोरो चरित्र : एकातिर मर्जर, अर्कोतिर नयाँ लाइसेन्स 

समाचार

काठमाडौं । पटक पटक नेपाली नागरिकताको प्रमाणपत्र सच्याएर विवादमा पर्नुभएका बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको कारण प्राधिकरण धराशायी बन्दै गएको छ । 

नेतृत्वकै कारण प्राधिकरणमा चरम लापरबाही र अनियमितता भएको छ । बिमा क्षेत्रको पुँजी वृद्धिको विषयमा होस् वा बिमा कम्पनीलाई नयाँ लाइसेन्स वितरण गर्ने क्रममा होस्, प्राधिकरण हरेक विषयमा विवादमा परेको छ । बिमा कम्पनी धमाधम मर्जरमा गइरहेका बेला नयाँ लाइसेन्स वितरण गरेर बिमा प्राधिकरणले विवादास्पद र रहस्यमय काम गरेको छ । एकातिर नयाँ लाइसेन्स दिने निर्णय र अर्कोतिर बिमा कम्पनीहरूको सङ्ख्या बढी भयो भनेर मर्जर गर्न प्रेरित गर्नु बिमा प्राधिकरणको दोहोरो चरित्र देखिएको छ । 

यही आर्थिक वर्षको कात्तिकदेखि यता झण्डै १२ बिमा कम्पनी मर्ज भएका छन् । तर यही आर्थिक वर्षमा सात लघु बिमा कम्पनीले लाइसेन्स पाएका छन् । पुँजी वृद्धिको आतङ्क भइरहेको बेला नयाँ लाइसेन्स वितरण गरेर बिमा कम्पनीले केही व्यक्ति पोस्ने काम गरेको देखिन्छ । 

 

प्रतिकृया दिनुहोस