• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

उर्जा सम्मेलन आजदेखि काठमाडाैंमा सुरु हुँदै

सनराइज खबर संवाददाता

काठमाडौं । आठौं ऊर्जा सम्मेलन (पावर समिट) आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

'हरित ऊर्जाको बजार विस्तारीकरण' भन्ने नारासाथ सुरु हुन लागेकाे सम्मेलन भाेलिसम्म चल्नेछ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले आयोजना गरेको ऊर्जा सम्मेलन सम्मेलनमा भारत, बंगलादेश, भुटान, श्रीलंका लगायत ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी हुनेछन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत् उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरूलगायत अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू पनि सम्मेलनमा सहभागी हुने छन् ।

सम्मेलनकाे पहिलाे दिनकाे दाेस्राे सेसनमा आज ६ जना वक्ताहरुले आफ्नाे प्रस्तुति राख्नुहुने कार्यक्रम छ । त्यसअघि सम्मेलनकाे उद्घाटन समाराेह हुनेछ ।

सम्मेलनमा नेपालको विद्युत्को बजार, प्रसारण पूर्वाधार, नेपालको जलविद्युतकाे माग, प्रविधि र नवप्रवर्द्धन, सोलार, हाइड्रोजन, नियामक निकाय, अन्तरदेशीय विद्युत् व्यापार, दिगो र जलवायु अनुकूल विकासलगायत विषय समेट्ने गरी विभिन्न १५ वटा सत्र सञ्चालन हुनेछ ।

प्रतिकृया दिनुहोस