• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

सहकारी दिवसको अवसरमा मन्थलीमा सामूहिक दौड 

सनराइज खबर संवाददाता

रामेछाप । ६६ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सोमबार रामेछापमा सामूहिक दौड प्रतियोगिता सम्पन्न भएको छ । 

जिल्लाका विभिन्न सहकारी र संघहरुको आयोजनामा भएको प्रतियोगितामा ५० बढी सहकारी सदस्यहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा नवजागरण बचत तथा ऋण सकारी संस्थाका सदस्यहरूले प्रथम, द्वितीय  र तृतीय स्थान प्राप्त गर्नुभएको छ । 

मन्थली स्थित मदन–आश्रित चोकबाट सुरु भएको दौड देवकोटा चोक हुँदै रिङ रोड घुमेर मन्थली बसपार्क पुगेर जिल्ला समन्वय समितिको प्राङ्गणमा आई टुङ्गिएको थियो । दौडमा नवजागरण बचत तथा ऋण सहकारी संस्थाका मनोज कार्की प्रथम, विपुल रोका द्वितीय र प्रकाश कार्की तृतीय हुनुभएको छ । विजयी प्रतियोगीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । 

दौडमा भूतपूर्वक सैनिक बचत तथा ऋण सहकारी संस्थाका भरत खड्का र कुमारबहादुर थापाले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ । उहाँहरूले नगद १/१ हजार पुरस्कार पाउनुभएको छ ।  

प्रतिकृया दिनुहोस