• २९ मङ्सिर २०७६, आइतबार
  • Sunday,15 December,2019

निर्यातमा २३ प्रतिशतले सुधार, आयात पनि घट्याे

मिना अ‌ाचार्य

काठमाडौं । नेपालकाे कुल आयात र निर्यातको अवस्था विगतको तुलनामा सुधार भएकाे छ ।

याे वर्षको पहिलाे चार महिनामा नेपालकाे कुल निर्यात २३.९० प्रतिशतले बढेको छ । यस्तै आयात गत वर्षको यही अवधिकाे तुलनामा ६.९० प्रतिशतले घटेको छ ।

रकमको आधारमा आयातकाे तुलनामा निर्यात अति नै कम भएपनि नेपालकाे आयात/निर्यातकाे आँकडामा याे राम्राे सुधार हाे ।  

याे वर्षकाे पहिलाे चार महिनामा ३६ अर्ब २७ करोड ९ लाख ७२ हजार मूल्य बराबरमा वस्तु निर्यात भएकाे छ ।  गत वर्षको तुलनामा याे ७ अर्ब बढी हो । 

आयात पनि गत वर्षको तुलनामा ६.९० प्रतिशतले घटेको छ । याे वर्षकाे सुरुकाे चार महिनामा ४ खर्ब ५० अर्ब २९ करोड ८९ लाख रुपैयाँको समाग्री आयात भएको छ । गत वर्ष यही अविधमा कुल आयात ४ खर्ब ८३ अर्ब ७५ करोड ७८ लाख रुपैयाँ थियो । 

बढ्यो निर्यात 

नेपालबाट निर्यात भएकाे वस्तुहरुमा बाेसो र तेलको हिस्सा उल्लेख्य छ । चार महिनामा १० अर्ब रुपैयाँ भन्दा बढी बाेसो र तेल निर्यात भएको छ । याे गत वर्षभन्दा धेरै हो । 

यस्तै निर्यात बढ्नुमा कफी, चिया र मसलाको योगदान पनि राम्रो रहेको छ । २ अर्ब ९४ करोड ५७ लाख १५ हजार रुपैयाँको कफी तथा चिया विदेश निर्यात भएको छ । 

नेपालमा बनेका फाइबरहरुको निर्यातको अवस्था पनि केही सुधारिएको छ । चार महिनामा २ अर्ब ८१ करोड ५२ लाख बराबरको फाइबर निर्यात भएको छ ।

नेपालबाट निर्यात हुने सामाग्रीमा कार्पेटको हिस्सा प्रमुख रहँदै आएको छ । यद्यपी कार्पेटको निर्यात गत वर्षको भन्दा केही खस्किएको छ । गत वर्ष २ अर्ब ८२ करोड रुपैयाँको निर्यात भएको कार्पेटको योगदान याे वर्ष २ अर्ब ६३ करोड रहेको छ । कार्पेटकाे आयात भने २८ करोड रुपैयाँको भएको छ । 

यार्न, सुतली डोरीहरुको निर्यात पनि बढेको छ । गत वर्ष ६८ करोड रुपैयाँ बराबरको यार्न तथा सुतली डोरीहरु निर्यात भएका थिए । याे वर्ष करिब डेढ करोड रुपैयाँको निर्यात भएको हो । याे वर्ष भने यिनै वस्तु ३२ करोडको आयात भएको छ । 

यी बाहेक मानव निर्मित कपडाले पनि निर्यातमा विशेष याेगदान दिने गरेकाे छ । १ अर्ब ५ करोड ९४ लाख रुपैयाँको सो सामग्री निर्यात हुँदा ८८ करोड रुपैयाँको आयात भएको छ । 

कागज र कपडा उत्पादनको लागि आवश्यक पर्ने धागाेको निर्यात पनि १ अर्ब भन्दा बढी रहेको छ । फलाम तथा स्टीलको निर्यात २ अर्बको छ । तर, यसको आयात भने ३ अर्बको छ । 

आयात घट्यो

आयात घट्नुकाे मुल कारणा खनिज इन्धन, तेल लगायतका सामाग्रीको आयात कम हुनु रहेकाे छ । चार महिनाकाे अवकिमा ६५ अर्ब २१ करोड भन्दाको मात्र इन्धन र तेल अयात भएको हो । गत वर्षको तुलनामा याे १२ अर्ब कम हो । 

इन्धनबाट चल्ने सवारी साधनको अयात गत वर्षको तुलनामा ४ अर्बले घटेको  हो । यसबर्ष ३४ अर्बको सवारीसाधन आयात भएको छ । 

इलेक्ट्रिकल सवारीसाधन, उपकरण र मेसिनहरुको आयात भने बढेको छ । गत वर्षको भन्दा ८ अर्ब मुल्य बढीको इलेक्ट्रिकल सामाग्रीको आयात बढेको हो । चार महिनामा इलेक्ट्रिकल सवारीसाधन, मेसिन र उपकरण ३५ अर्बको आयात भएको छ । 

तरकारी र फलफूलको आयात बढेको छ । गत वर्षको तुलनामा चार महिनामा तरकारी र फलफूलको आयात बढेको हो । 

०७६/७७ मा १० अर्ब ७२ करोड मूल्य बराबरको तरकारी आयात भएको छ । गत वर्ष यस्तो आयात ९ अर्ब ४० करोड थियो । 

त्यस्तै, ८ अर्ब २४ करोड बराबरको फलफूल नेपाल भित्रिएको छ । गत वर्ष यस्तो तथ्याङ्क ६ अर्ब ५३ करोड थियो । 

१० अर्ब भन्दा बढीको औषधी तथा आवश्यक कच्चा पदार्थको आयात भएको छ । तेलको आयात १६ अर्ब भन्दा बढी भएको छ । गत वर्ष यसको हिस्सा १० अर्ब थियो । 

प्लाष्टिकका समाग्रीहरुको प्रयोगमा कमी आएको छ । गत वर्षको तुलनामा कमी आएको हो । करिब १ अर्ब मूल्य बराबरको प्लास्ष्टिकको सामाग्री प्रयोगमा कमी आएको हो । ०७६/७७ मा १७ अर्ब आयात भएको यस्ता सामाग्री गत वर्ष १८ अर्ब भन्दा बढीको आयात भएको थियो । 

फाइबरको आयात ४ अर्बको भएको छ । २ अर्बको निर्यात हुँदा आयात भने ४ अर्बको रहेको छ । त्यस्तै, कपडा उत्पादनका लागि आवश्यक कच्चा पदार्थ र तयारी पोसाक १० अर्बको आयात भएको छ । गत वर्ष ९ अर्ब थियो । मेकानिकल उपकरण मेसिनरी ३७ अर्बको आयात भएको छ ।

प्रतिकृया दिनुहोस