• २१ मङ्सिर २०७६, शनिबार
  • Saturday,07 December,2019

सकारात्मक छ आर्थिक सूचक, व्यापारघाटा भने उच्च

सनराइज खबर स‌ंवाददाता

काठमााडौं । नीतिगत सुधार भएसँगै नेपालको अर्थतन्त्र सकारात्मक भएको छ।  पछिल्लाे तीन वर्षकाे आर्थिक सूचक अनुसार अर्थतन्त्र राम्राे देखिएकाे हाे । 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले नीतिगत सुधारक कारण आर्थिक सूचकहरु सकारात्मक रहेको बताए ।

उनले उद्योगी व्यावशायिले सहज वातावरण भएर पनि काम नगरेको गुनासो गरे । उनले भने – ‘नीतिगत सुधारसँगै ब्याजदरमा सुहलियत दिंएका छाैं, तर  उद्योगी व्यवसायीहरुले लगानी बढाएनन् । ’

सरकारले उद्योगीहरुलाई कम ब्याजदरमा पूनर्कर्जा र रोजगारी बढाउन सहुलियत ऋण दिए पनि उत्पादन बढन नसकेको उनले बताए । उनले भने – ‘यसले गर्दा आर्थिक सूचकहरु सकारात्मक रहे पनि व्यापारघाटा उच्च छ ।’

गभर्नर नेपलले राष्ट्र बैंकले सुविधा भोगी क्षेत्रमा ब्याजदर नघटाउने तर निर्यातजन्य उत्पादनमूलक उद्योगका लागि ब्याज सहुलियत दिने नीति लागू गरेको बताए ।

कार्यक्रममा आर्थिक पत्रकार समाज सेजनले छापा र विद्युतिय माध्यममा उत्कृष्ट रिपोर्टिङ गर्ने दुई आर्थिक पत्रकार मातृका दाहाल र केदार दाहाललाई पुरस्कृत गरेको छ ।

प्रतिकृया दिनुहोस