• ३० मङ्सिर २०७६, सोमबार
  • Monday,16 December,2019

पुन: श्रम स्वीकृति लिन ई–टाेकन

दुर्गा भट्ट

काठमाडौं । वैदेशिक राेजगारीमा जानेहरुलाई पुनः श्रम स्वीकृति लिने प्रक्रिया सहज भएकाे छ । आइतबारदेखि सातै प्रदेशमा ई–टोकनको व्यवस्था गरिएसँगै श्रम स्वीकृती लिएसकेका तर, त्यसकाे अवधि सकिएकाहरुलाई पुन: श्रम स्वीकृती लिन सहज भएकाे हाे ।

वैदेशिक रोजगार विभागले आजबाट अनलाइनमार्फत् पुनः श्रम स्वीकृती लिन ई–टोकनको दिने व्यवस्था गरेको हो । 

ई–टोकनको व्यवस्थाले अनलाइनबाट फाराम भरेपछि आवेदनकर्ताले श्रम स्वीकृति कुन दिन पर्छ भन्‍ने घरबाटै जानकारी लिन सक्छन् । याे व्यवस्थाले श्रम स्वीकृती लिनकाे लागि लाइन बस्‍नुपर्ने झन्झटकाे अन्त्य भएकाे छ ।   

विभागका महानिर्देशक भिष्मराज भुषालले ई–टाेकनकाे बारे जानकारी दिँदै भने– ‘घरमै बसेर आवेदन दिन सक्ने र श्रम स्वीकृती भए/नभएको थाहा पाइन व्यवस्था गरेका छौँ ।’

ई–टाेकन लिँदा आवेदनकर्ताले श्रम स्वीकृति लिने कार्यालयकाे छनाेट पनि गर्न सक्नेछन् ।

तर, नयाँ आवेदनकर्ताले भने ताहाचल कार्यालयबाटै श्रम स्वीकृति लिनुपर्नेछ ।

विभागले गत २६ कात्तिकबाट अनलाइन स्टिकरको प्रक्रिया थालेको हो । ई–स्टिकर लागू भएसँगै राहदानीमा स्टिकर टाँस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । 

आवेदनकर्ताले ध्यान दिनुपर्ने विषय 

- अनलाइनमार्फत् आवेदन गर्दा अनिवार्य रुपमा मोबाइल नम्बर र इमेल राख्नु पर्ने छ । यसले आवेदनकर्तालाई श्रम स्वीकृतीबारे समयमै सही सूचना पाउन सकिन्छ ।

- एउटा कार्यालयबाट टाेकन लिएपछि अर्काे कार्यलयमा जान पाइने छैन ।

-  राेजगारीमा जानका लागि समयमै ई-टाेकन लिनुपर्ने छ ।

- राेजगारीका लागि जाने समय हेरफेर भए पहिले नै जानकारी दिनुपर्नेछ ।

विद्युतिय माध्यमबाट भुक्तानी

निर्देशक भुषालले श्रम स्वीकृतीकाे लागि बुझाउनु पर्ने शुल्क विद्युतिय माध्यमबाट भुक्तानी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको पनि जानकारी दिए ।  

सरकारले कामदार छनोट प्रक्रियालाई पारदर्शी बनाउन सो व्यवस्था गरेको हाे ।

प्रतिकृया दिनुहोस