• ३० मङ्सिर २०७६, सोमबार
  • Monday,16 December,2019

सागमा सहभागीलाई टेलिकमको फोरजी सिम निःशुल्क 

सनराइज खबर स‌ंवाददाता

काठमाडौं । १३ औ दक्षिण एसियाली खेलदुकमा सहभागिलाई नेपाल टेलिकमले निःशुल्क फोरजी सिमकार्ड दिएको छ । 

खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुलाई निः शुल्क फोरजी सिमकार्ड दिएको हो । काठमाडौं, जनपुर र पोखरामा कम्पनीले खेल अवधिभर ४ हजार ५ सय फोरजी सिमकार्ड दिनेछ । 

सागको पार्टनर स्पोन्सर रहेको टेलिकमले खेलमा भाग लिन आउने विदेशी खेलाडी तथा पाहुनालाई विमानस्थलमा नै काउण्टर राखी सिम वितरण गरिरहेको छ । 

टेलिकमले खेल अवधीभर खेलस्थलहरुमा अतिरिक्त मोबाइल टावरको व्यवस्था समेत गरेको जनाएको छ । 

त्यस्तै, कम्पनीले आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य हटलाइन सेवा पनि सञ्चालनमा ल्याएको जनाएको छ । सो सेवा एक महिनासम्म निःशुल्क हुने छ । ११६६ सट कोट मार्फत् कल गरेर सो सेवा लिन सकिने छ । 

सेवा प्रचारप्रसार तथा व्यवसाय प्रवद्र्धनका लागि कम्पनीले खेलस्थलमा स्टल समेत राखेको छ । 

प्रतिकृया दिनुहोस