• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा जगन्नाथ दाहाल 

सनराइज खबर संवाददाता

रामेछाप । रामेछाप बचत तथा ऋण सहकारी संघको अध्यक्षमा जगन्नाथ दाहाल निर्वाचित हुनुभएको छ । 

रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघको १५ औँ साधारण सभाबाट दाहाल सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित हुनुभएको हो । 

साधारण समाले अन्य पदाधिकारी तथा सदस्यहरू पनि सर्वसम्मत चयन गरेको छ । संघको उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा क्रमशः नवीन केसी, शिवराज श्रेष्ठ र कुलबहादुर कार्की निर्वाचित हुनुभएको छ । 

यसै गरी सदस्यहरूमा दीपशिखा दाहाल, देवबहादुर श्रेष्ठ, रत्नबहादुर नेवार, सोविता न्यौपाने र सुरेशकुमार केसी निर्वाचित हुनुभएको छ । 

लेखा सुपरिवेक्षण समितिको संयोजकमा प्रज्ञान खड्का र सदस्यहरूमा विवेक श्रेष्ठ र सङ्गीता अधिकारी निर्वाचित हुनुभएको छ । 

साधारण सभाको उद्घाटन राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य डीबी बस्नेतले गर्नुभएको थियो । साधारण सभाको उद्घाटन गर्दै बस्नेतले सहकारीलाई सहकारीको मूल्य र मान्यता अनुसार सञ्चालन गर्नु पर्ने बताउनुभयो । सहकारी सिद्धान्त अनुसार सञ्चालन नहुने सहकारी कारबाहीको दायरामा आउने उहाँले बताउनुभयो । 

 

प्रतिकृया दिनुहोस