• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

पर्यटन व्यवसायी सहकारी संस्थाको यस वर्षको खुद नाफा करिब ३० लाख 

सनराइज खबर संवाददाता

रामेछाप । पर्यटन व्यवसायी सहकारी संस्था खाँडादेवी– ६ माकादुमको १२ औँ साधारण सभा सम्पन्न भएको छ ।  

संस्थाका अध्यक्ष नरबहादुर बुढाथोकीको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशका पूर्व अर्थमन्त्री कैलाशप्रसाद ढुङ्गेलको प्रमुख आतिथ्ययतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुङ्गेलले आर्थिक विकास र सामाजिक रूपान्तरणको लागि सहकारी आधार स्तम्भ भएको बताउनुभयो । सहकारी मार्फत कृषि, पर्यटन, व्यवसाय लगायतका हरेक क्षेत्रमा काम गर्न सकिने ढुङ्गेलले प्रष्ट पार्नुभयो ।

सो सहकारी संस्थाले आर्थिक वर्ष २०७८/७९ मा २९ लाख ८४ हजार १ सय २६ रुपैयाँ खुदा नाफा कमाएको कार्यक्रममा जानकारी दिइएको थियो । साधारण सभामा संस्थाका कोषाध्यक्ष कमल महतले सार्वजनिक गर्नु भएको प्रतिवेदन अनुसार संस्थाको सेयर पुँजी १ करोड ६४ लाख ९ हजार ६ सय पुगेको छ । सहकारीमा ३ हजार ७ सय ५० जना सेयर सदस्य रहेका छन् । 

संस्थाको ऋण लगानी ८ करोड ४ लाख ४६ हजार ७ सय ८१ रुपैँया रहेको छ । संस्थामा ७ करोड ८० लाख ९४ हजार ९ सय ९३ रुपैयाँ बचत सङ्कलन भएको छ । 

 

प्रतिकृया दिनुहोस