• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

सहकारी बैङ्क लिमिटेडको संचालक समिति निर्वाचन अघि नै सर्वसम्मत

सनराइज खबर संवाददाता

काठमाडौं । राष्ट्रिय सहकारी बैङ्क लिमिटेडको संचालक समितिमा निर्वाचन अगाडि नै निर्विरोध नेतृत्व चयन भएको छ । 

पुस १६ गते हुने साधारण सभामा सञ्चालक समिति चयनको लागि निर्वाचन हुने कार्यतालिका रहेको थियो । जसको घोषणा पुस १८ गते हुने कार्यतालिक रहेको छ । तर मनोनयन दर्ताको क्रममा आवश्यक सङ्ख्याको लागि मात्र मनोनयन परेपछि सञ्चालन समिति निर्विरोध निर्वाचित भएको नेकपा एमाले सहकारी तथा गरिबी निवारण विभाग प्रमुख कमल चौलागाईंले जानकारी दिनुभयो ।

सहकारी क्षेत्रको संकटलाई गम्भीर रुपमा आत्मसाथ गर्दै आम सहमति निर्माण भएको भन्दै चौलागाईंले खुसी व्यक्त गर्नुभयो ।   

बैङ्क संचालक समिति अध्यक्षमा केबी उप्रेती निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरू महेन्द्र गिरी, विश्वनाथ मण्डल, रामहरि बजगाईँ, रामबहादुर जीसी, विजया धिताल, शिवा थापा, पार्वती थापा र अमृता सुब्बा र तारा गुरुङ निर्वाचित हुनुभएको छ । लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेती सर्वसम्मत निर्वाचित हुनुभएको छ ।  

 

प्रतिकृया दिनुहोस