• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

आयात प्रतिस्थापनमा प्रगति भएको छ : अर्थमन्त्री शर्मा

खबर स‌ंवाददाता

काठमाडाैं ।अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापनमा प्रगति भएको दाबी गर्नुभएकाे छ ।

 

बुधबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औं वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री शर्माले सरकारले लिएको आर्थिक नीतिका कारण आयात प्रतिस्थापनमा प्रगति भएको दाबी गर्नुभयाे ।

बजेटबाट आयात प्रतिस्थापनलाई मुख्य जोड दिइएकाे भएपनि आयात प्रतिस्थापनमा भइरहेको प्रगति पर्याप्त भने नरहेकाे उहाँकाे भनाइ छ ।  राष्ट्रिय उत्पादन वृद्धिको आवश्यकता रहेकाले सबैलाई आयत प्रतिस्थापन गर्नुपर्ने बोध गराउन आवश्यक रहेको अर्थमन्त्री शर्माले बताउनुभयाे ।

देशकाे अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेकाे दाबी पनि उहाँले गर्नुभयाे । अहिले विभिन्न चुनौती सामना गर्दै अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको र यसमा राष्ट्र बैंकको नीति तथा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको अर्थमन्त्री शर्माले बताउनुभयाे ।

निजी क्षेत्रका समस्याहरु समाधानका लागि सरकार प्रतिबद्ध रहेकाे भन्दै उहाँले निजी क्षेत्रलाई पनि सँगै लिएर सरकार अघि बढ्ने प्रतिबद्धता जनाउनुभयाे ।

प्रतिकृया दिनुहोस