• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सहकारीका समस्या बारे एमाले सहकारी विभागद्वारा अन्तरक्रिया

सनराइज खबर संवाददाता

काठमाडौं । नेकपा एमाले सहकारी तथा गरिबी निवारण विभागले सहकारी क्षेत्रको समस्या र समाधानको उपायको बारेमा शुक्रबार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

सहकारी क्षेत्रका समसामयिक समस्याको बारे छलफल गरी समस्या समाधानको उपाय निकाल्न कार्यक्रम आयोजना गरिएको विभागका प्रमुख एवं एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागईंले जानकारी दिनुभयो । विभागका प्रमुख चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा समस्याग्रस्त सहकारी अध्ययन समितिका अध्यक्ष डा. काशीराज दाहालले सहकारी क्षेत्रका समस्या बारेमा आफ्नो अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । केही सहकारी समस्याग्रस्त हुँदा नागरिकको सहकारी प्रतिको विश्वास समेत गुम्दै गएको उहाँले बताउनुभयो ।

कार्यक्रममा सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल, नेफ्स्कुनका पुर्व अध्यक्ष ऋषिराज घिमिरे, महासंघका वरिष्ठ उपाध्यक्ष ॐदेवी मल्ल, परितोष पौडेल, डीबी बस्नेत, महेन्द्र गिरी, हरिहरनाथ योगी, विश्वनाथ मण्डल, इन्दिरा पन्त, उद्धव सापकोटा,  विनोद पराजुली, इन्द्र घिमिरे, चित्रराज तिमिल्सिना, पुरुषोत्तम हुमागाईँ, गणेश तिमिल्सिना लगायतले सहकारी क्षेत्रका समस्या र समाधानका उपायको बारे आआफ्नो विचार राख्नु भएको थियो ।

कार्यक्रम समापन गर्दै विभाका प्रमुख चौलागाईंले सहकारीका समस्याबारे पार्टी भित्र र अन्तर पार्टी समन्वय तथा छलफल गरी समान राजनीतिक धारणा बनाउनको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


 

प्रतिकृया दिनुहोस