आजदेखि नयाँ आर्थिक वर्ष सुरु
काठमाडौं । नयाँ आर्थिक वर्ष २०७९-८० आजदेखि सुरु भएको छ ।
नयाँ आर्थिक वर्ष सुरु भएसँगै नयाँ बजेट कार्यान्वयनमा आउनेछ । सरकारले बजेटमार्फत लिएका नयाँ नीति,कार्यक्रम र घोषणाहरु आजैबाट कार्यान्वयनमा जानेछन् ।
सरकारले आगामी आर्थिक वर्ष २०७९-८० का लागि गत जेठ १५ गते १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेकाे थियाे । जसमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ ।
नयाँ आर्थिक वर्ष सुरु भएसँगै आजदेखि सरकारी कर्मचारीकाे तलब १५ प्रतिशत बढ्नेछ । ६८ वर्षमा ज्येष्ट नागरिक भत्ता दिने कार्यक्रम पनि आजैदेखि लागू हुनेछ । सरकारले विभिन्न क्षेत्रका लागि ताेकेका करका दर पनि आजैदेखि लागू हुनेछन् ।
विद्युती्य सेवा कर पनि आजदेखि लागू हुनेछ । जसअनुसार युट्युब,फेसबुक जस्ता सामाजिक सञ्जाल करकाे दायरामा आउनेछन् । आधिकारिक निकायबाट अनुमति प्राप्त व्यक्ति र कम्पनीले मात्र आजदेखि घर-जग्गा काराेबार गर्न पाउने व्यवस्था लागू हुनेछ ।


प्रतिकृया दिनुहोस