निजगढ विमानस्थल यसै वर्ष निर्माण सुरु हुन्छ : अर्थमन्त्री
काठमाडाैं ।अर्थमन्त्री जनार्दन शर्माले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जसरी पनि बनाउने बताउनुभएकाे छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघको ४६औं साधारणसभालाई शनिबार दिउँसो सम्बोधन गर्दै अर्थमन्त्री शर्माले विमानस्थल यसै बर्षभित्र निर्माण सुरु गर्ने बताउनुभयाे । सर्वाेच्च अदातलत विमानस्थलकाे निर्माण राेक लगाउने आदेश दिइरहेका बेला मन्त्री शर्माले यसै वर्ष विमानस्थल बनाइने बताउनुभएकाे हाे ।
सर्वाेच्चले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन राेक लगाउने आदेश जारी गरेकाे छ । मन्त्री शर्माले निजगढ विमानस्थललाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयाे ।
आफूले जेठ १५ गते प्रस्तुत गरेकाे बजेटमा पनि विमानस्थल बनाइने उल्लेख गरिएकाे बताउँदै उहाँले भन्नुभयाे - 'त्रिभुवन विमानस्थलको वैकल्पिक रुपमा मात्र हाेइन मधेश र मुलुककै सर्वांगीण आर्थिक विकासका लागि निजगढ विमानस्थल चाहिएको छ,यो विमानस्थल बन्छ, बनाउनैपर्छ ।' विमानस्थल बनाउनका लागि आफू जे गर्न पनि तयार रहेकाे समेत मन्त्री शर्माले बताउनुभयाे ।
तराई-मधेशलाई काठमाडाैंसँग जोड्ने निजगढ काठमाडाैं फास्ट ट्रयाक निर्माण सम्पन्न गर्न ३० अर्ब बजेट छुट्याइएको भन्दै मन्त्री शर्माले ३ वर्षभित्र सक्ने लक्ष्य लिइएकाे बताउनुभयाे ।


प्रतिकृया दिनुहोस