• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

आकर्षक लाभांश दिने सनराइज म्युचुअल फण्डको प्रतिबद्धता

सनराइज खबर संवाददाता

काठमाडौ । सनराइज फस्र्ट म्युचुअल फण्डले लगानीकर्तालाई पहिलो वर्षमा नै आकर्षक लाभांश वितरण गर्ने प्रतिबद्धता जनाएको छ । 

फण्डले आफ्नो योजनाको इकाईमा लगानी गर्ने लगानीकर्ताहरुको लागि लाभांस वितरण गर्ने भएको हो । 

सनराइज फस्र्ट म्युचुअल फण्डको ८ गते बुधबारदेखि बिक्रीमा आउन लागेको सो लाभांसको विषयमा मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे जानकारी दिइएको हो । 

सनराइज क्यापिटलको व्यवस्थापन तथा सनराइज म्युचुअल फण्ड अन्तर्गत सनराइज फस्र्ट म्युचुअल फण्ड सञ्चालित भई बुधबारदेखि बिक्रीमा आउन लागेको हो । 

कूल १० करोड इकाईको सामूहिक लगानी कोषबाट लगानीकर्तालाई १० प्रतिशतसम्म लाभांश वितरण गर्ने योजना रहेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा बताइएको हो ।
 
क्यापिटलले फण्डको इकाईमा लगानी गर्ने इकाई धनीहरुलाई पहिलो वर्ष १० प्रतिशतसम्म, दोस्रो र तेस्रो वर्षमा १२ प्रतिशत, चौंथो र पाँचौं वर्षमा १४ प्रतिशत, छैटौं र सातौं वर्षमा १६ प्रतिशत र आठौं र नवौं वर्षमा १८ प्रतिशत लाभांश वितरण गर्ने बताएको छ । 

फण्डले औसत रुपमा वार्षिक लाभांश १४ प्रतिशतसम्म लाभांश वितरण गर्ने प्रक्षेपण गरेको हो । 

सनराइज फस्र्टको पहिलो वर्ष प्रतिइकाइ खुद सम्पत्ति मूल्य १०.९१ रुपैयाँ र दशौं वर्षसम्ममा २१.२९ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बताए ।

सनराइज बैंकको प्रवद्र्धनमा सनराइज क्यापिटलले असोज ८ गतेदेखि प्रति इकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड सनराइज फस्र्टको इकाई बिक्रीमा ल्याउन लागेको हो । यसको लागि असोज १२ गतेसम्म आवेदन दिन सकिने छ । 

सो अवधिसम्म सबै इकाई बिक्री नभएको खण्डमा कात्तिक ७ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ । जसमा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन पाउनेछन् ।

दश वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्ने बताइएको छ । 

लगानीकर्ताले सनराइज बैंकको प्रधान कार्यालय गैह्रीधारा काठमाडौं तथा सनराइज क्यापिटल कमलपोखरीबाट पनि आवेदन दिनसकिने क्यापिटलले जनाएको छ ।


 

प्रतिकृया दिनुहोस