सोमबार नेप्सेमा सामान्य सुधार
काठमाडौं । शेयर बजारमा सामान्य सुधार आएको छ । पछिल्लो समय घट्दो क्रममा रहेको नेप्से परिसूचक १.७३ अंकले बढेर १ हजार १ सय ४० दशमलब ९८ अंक पुगेको हो ।
वाणिज्य बैंकको कारोबार जनाउने सेन्सेटिभ परिसूचक पनि ०.१० अंकले बढेको छ ।
तीन दिनपछि खुलेको बजारमा सोमबार १ सय ७० कम्पनीको ७ लाख ४३ हजार ३ सय १५ कित्ता शेयर किनबेच भएको छ ।
यसरी खरिदबिक्री हुँदा बजारमा १७ करोड ७२ लाख ७९ हजार ३९ रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका समूहमा जलविद्युत, वित्त, म्युचुअल फण्ड बाहेक सबै समूहका परिसूचक बढेका छन् । बैकिङ, होटल, विकास बैंक, बिमा कम्पनी लगायतका समूहका परिसूचक बढेका हुन् ।
सोमबार सबैभन्दा बढी प्रभु बैंकको शेयर किनबेच भएको छ ।


प्रतिकृया दिनुहोस