• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

नवजागरण बचतको नाफा एक करोड बढी

सनराइज खबर

रामेछाप  । रामेछापको नवजागरण बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष ०७७/७८ मा एक करोड बढी नाफा कमाएको छ ।

सहकारीको शनिबार मन्थलीमा सम्पन्न २३ औँ वार्षिक साधारण सभामा सो कुरोको जानकारी दिइएको हो । साधारण सभामा दिइएको जानकारी अनुसार संस्थाले एक वर्षमा १ करोड ३९ लाख ३६ हजार ६ सय ५२ रुपैँया नाफा कमाएको छ ।

संस्थाका कोषाध्यक्ष नारायणबहादुर कार्कीले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार सो संस्थाको शेरय रकम ४ करोड ३५ लाख २८ हजार ४ सय पुगेको छ । त्यस्तै बचत रकम ३५ करोड ७२ लाख ७७ हजार ६ सय २९ पुगेको छ । आर्थिक वर्ष ०७७/७८ मा संस्थले ३० करोड ९३ लाख ८८ हजार २ सय २५ रुपैँया ऋण लगानी गरेको छ ।

सो सहकारी संस्थामा हाल ६ हजार ८ सय २६ जना शेयर सदस्य रहेको संस्थाका सचिव सोमेश थापाले जानकारी दिनुभयो । एक वर्ष भित्र संस्थाका शेयर सदस्य संख्या ८ हजार पुर्याउने लक्ष्य राखिएको पनि उहाँले बताउनुभयो ।

संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षतमा भएको साधारण सभाको समापन कार्यक्रम मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो ।

 

प्रतिकृया दिनुहोस