सहकारीले कृषिमा लगानी बढाउनु पर्छ : शान्तिप्रसाद पौडेल
रामेछाप । वाग्मती प्रदेशका सांसद् शान्तिप्रसाद पौडेलले सहकारी मार्फत कृषिको व्यवसायीकरणमा लाग्नुपर्ने बताउनुभएको छ ।
उहाँले सहकारीलाई कृषि क्षेत्रको विकासमा लगानी बढाउन आग्रह गर्नुभयो । मन्थली नगरपालिका–९ को जनमैत्री साना किसान कृषि सहकारी संस्था लिमिटेडको चौथो वार्षीक साधारण सभामा आयोजित कार्यक्रममा बोल्नुहुँदै पौडेलले कृषि क्षेत्रको विकासबिना मुलुकको समृद्धि हुन नसक्ने बताउनुभयो । उहाँले सहकारीले कृषि, पशु र लघु उद्यमका क्षेत्रमा लगानी बढाउनुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा नेकपा एमालेका नेता भोजराज कडरिया, जिल्ला पार्टी कमिटी अध्यक्ष आनन्द श्रेष्ठ, सचिवालय सदस्य लव श्रेष्ठ, मन्थली नगरपालिका–९ का वडा अध्यक्ष बुद्धिबहादुर पुलामी मगर, गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष भुवनकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका सचिव नवराज श्रेष्ठ लगायतले मुलुकको आर्थिक समृद्धिको लागि सहकारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सहकारीले गरेका अहिलेसम्मका लगानीको प्रभावकारीताको अध्ययन आवश्यक रहेकोमा वक्ताको जोड थियो ।
२०७३ साल स्थापना भएको जनमैत्री साना किसान कृषि सहकारी संस्थाको कूल पुँजी १६ लाख रुपियाँभन्दा बढी रहेको छ । १ सय ५१ जना सदस्य रहेको सरकारीले आर्थिक वर्ष २०७६/०७७ मा १ लाख ३० हजार रुपियाँभन्दा बढी नाफा कमाएको संस्थाको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
सहकारीका अध्यक्ष प्रमोदकुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा सहकारीको भवन निर्माणका लागि निशुल्क जग्गा दिने जग्गा दाता, असल बचतकर्ता र असल ऋणीलाई सम्मान गरिएको थियो ।


प्रतिकृया दिनुहोस