• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

कोरोना रोकथामका लागि आयल निगमले दियाे ५० करोड

सनराइज खबर संवाददाता

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ । 

सरकारले खडा गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा निगमले सो रकम सहयोग गरेको हो । 

निगमले  सो सहयोग रकमको चेक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई दिएको हो ।  निगमले निकालेको विज्ञप्तिमा कोरोना संक्रमण रोक्न सबैले सहयोग गर्नुपर्ने उल्लेख छ  । 

कोषमा बुधबारसम्म २४ करोड ७३ लाख ७२ हजार रुपैयाँ जम्मा बताइएकाे छ ।

प्रतिकृया दिनुहोस